२४ घण्टामा ३३०९ कोरोना संक्रमित थपिए

 ७८ जना कोरोना संक्रमितको भेन्टिलेटर र ३७९ जनालाई आईसीयूमा राखेर उपचार हुँदै 

काठमाडौं, कार्तिक १९ । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ३०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३०९ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

यसअघि आइतबारदेखि मंगलबारसम्म ३७ हजार ७५६ परीक्षण भएकोमा ९ हजार ३५६ जनमा कोरोना पोजेटिभ देखिएको छ भने ९ हजार ९१२ जना डिस्चार्ज 

पछिल्लो २४ घण्टामा ३८४४  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४४ हजार ८७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७९ दशमलव २ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार १४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८० जना र होम आइसोलेसनमा ३० हजार १३१ जना रहेका छन् । आजसम्म देशभर एक हजार ३०५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।

शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । 

आइतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो । 

सोमबार देशभर दुई हजार ९३३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १५० जना डिस्चार्ज भएका थिए । सोमबार देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको छ । 

मंगलबार देशभर तीन हजार ११४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १४२ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर कोरोना भाइरसको संक्रमणा २० जनाको मृत्यु भएको थियो । 


SHARE THIS