बालुवाटारमा चर्काचर्की : पत्र बुझाउँदा ओलीको जवाफ– तपाईँहरु गुटबन्दी गर्ने, मैले किन बैठक बोलाउने ?


काठमाडौं, कार्तिक २२ । नेकपा सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्काचर्की परेको छ । बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि चर्काचर्की परेको हो ।

“तपाईँहरु गुटबन्दी गर्दै हिँड्नुभएको छ,” ओलीको जवाफ थियो, “अहिले केका लागि बैठक बोलाउने रु मैले बैठक बोलाउँदिनँ ।”

ओलीको भनाई उद्धृत गर्दैै एक नेताको जानकारी अनुसार ओली धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको बताएका थिए । पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघण्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका थिए ।


SHARE THIS