तीन राजदूतले गरे शपथ ग्रहण


काठमाडौं, कार्तिक १६ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आइतबार शपथ ग्रहण गरेका छन् । 

राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो । 


SHARE THIS