२४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार २२१ पुग्यो

 

काठमाडौं, कार्तिक ३० । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ । 

सोही अवधीमा १ हजार ४७७ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ७९८ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ । 

हालसम्म संक्रमित मध्ये १ लाख ७३ हजार ४३० निको भइसकेका मन्त्रालयले जनाएको छ ।  


SHARE THIS