ट्रकको ठक्करबाट मृत्यु भएका तीनै जनाको परिचय खुल्यो

 

दाङ, कार्तिक २६ । दाङको देउखुरी स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमझियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले बताउनुभयो ।

मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटना स्थिलमै मृत्यु भएको थियो । ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ भन घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


SHARE THIS