जबरजस्ती करणी गर्न खोज्‍ने एकजना पक्राउ


स्याङ्जा, कार्तिक २७ । स्याङ्जामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । १९ वर्षीया युवतीलाई जबरजस्ती करणी उद्योग आरोपमा अर्जुनचौपारी गाउँपालिका गहतेका २७ वर्षीय खेमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

खेमबहादुरले ती महिलालाई घरमै सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्ने प्रयास गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खेमबहादुरलाई जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 


SHARE THIS