उदयपुर र मोरङमा २ जना मृत फेला


काठमाडौं, कार्तिक १९ । उदयपुर र मोरङमा दुईजना मृत फेला परेका छन् । उदयपुर, कटारी नगरपालिका ३ स्थित वडा कार्यालय नजिकै परिचय नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यस्तै मोरङ, पथरी शनिश्‍चरे नगरपालिका १०, शिविर बस्‍ने ३६ वर्षीया माया गौतम आफ्नै घरमा सुतेको अवस्थामा मृत अवस्थामा फेला परेकी छन् ।


SHARE THIS