आईपीएल दिल्लीलाई इतिहास रच्‍ने मौका

दाङ, कार्तिक २३ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्‌वान्टी क्रिकेटअन्तर्गत आज ९आइतबार० दिल्ली क्यापिटल्सले सनराजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दै छ ।

सेख ज्यायद क्रिकेट स्टेडियममा हुने दिल्ली र हैदरावादबीचको खेल नेपाली समयअनुसार साँझ ७,४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दिल्ली आईपीएलमा इतिहास रच्‍ने योजनामा छ ।

आजको खेलमा जित निकाल्न सके दिल्लीले आईपीएल इतिहासमा पहिलोपटक फाइनलमा पुग्‍ने योजनामा छ । दिल्ली हालसम्म आईपीएल इतिहासमा फाइनल पुग्‍न सकेको छैन ।

यता एकपटकको लिग विजेता टोली यो सिजन पनि उपाधि जित्‍ने योजनामा छ । इलिमिनेटरमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई हराउँदै हैदरावादले क्‍वालिफायर्समा स्थान बनाएको थियो ।

यता दिल्ली भने क्‍वालिफायरमा मुम्बई इन्डियन्ससँग पराजित भएर दोस्रो क्‍वालिफायर खेल्न लागेको हो । आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहनेछ । आजको खेलमा जित निकाल्ने टोलीले फाइलनलमा मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ । 


SHARE THIS