२४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,२१५ पुग्यो

काठमाडौं, कार्तिक २९ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ । 

सोही अवधीमा १ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ५०३ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ रहेको छ । 

हालसम्म संक्रमित मध्ये १ लाख ७० हजार ६३२ निको भइसकेका मन्त्रालयले जनाएको छ     


SHARE THIS