अवैध सुन बोकेको आरोपमा दाङमा दुई जना पक्राउ

  दाङ, मंसिर १५ । अवैध सुन बोकेको आरोपमा दाङमा दुई जना पक्राउ परेका छन् ।

दाङको घोराही बजारबाट घोराही उपमहानगरपालिका १० नारायणपुरका पूर्णजङ्ग सुनार र घोराही कपासीका खड्गप्रसाद सुनार पक्राउ परेका हुन् ।

अवैध सुन लिएर बजारमा हिँडिरहेको सुराकीका आधारमा उनीहरुलाई हिजो बेलुका पक्राउ गरिएको र उनीहरुको साथबाट २ सय ७३ ग्राम सुन बरामद गरेको पनि प्रहरीले जनाएको छ ।


SHARE THIS