ओली भन्छन्– कि म हट्छु, कि प्रचण्ड हट्नुपर्छ

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा आफूमाथि लगाइएका आरोप सही नभए कार्यकारी अध्यक्ष प्रचण्ड पदबाट हट्नुपर्ने बताएका छन् । यदि आरोप सही भए आफू पदबाट हट्ने उनले स्पष्ट पारेका छन् ।

नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पाँच जना सचिवालय सदस्यहरुको समेत समर्थन रहेको राजनीतिक प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा सरकार र ओलीको व्यक्तिगत कार्यशैलीमासमेत प्रश्न उठाइएको छ । त्यसलाई ओली र ओली पक्षीय नेताहरुले राजनीतिक प्रस्ताव नभइ ‘आरोप पत्र’ मात्र भएको बताउँदै आएका छन् । सो ‘आरोप पत्र’ फिर्ता नभएसम्म अर्को बैठकमा नबस्ने अडान लिए पनि बुधबार अन्तिम समयमा बैठकमा सहभागी भएका ओलीले १० दिनपछि त्यसको जवाफ दिने बताएका छन् ।


SHARE THIS