जनता राजनीतिक स्थायित्वको पक्षमा छन् : मुख्यमन्‍त्री पोखरेल

‘९,९ महिनामा सरकार फेर्ने बानी परेकालाई अहिले सरकार फेर्न मन लाग्यो’

दाङ, कार्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ९र९ महिनामा सरकार फेर्ने बानी परेकालाई अहिले सरकार फेर्न मन लागेको आरोप लगाएका छन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री पोखलले दाङको तुलसीपुर स्थीत राप्ति शान्ति पार्कमा स्थापना गरिएको शान्तिका अग्रदूत गौतम बुद्धको प्रतिमा उद्घटन गर्दै छिटो(छिटो सरकार फेरे केही पाइहालिन्छ भन्ने आशा गर्नेहरुले नै राजनीतिक अस्थिरता चाहेको दाबी गरे ।

पछिल्ला दिनमा सत्ताधारी दल नेकपाभित्रै भएको विवादप्रति लक्षित गर्दै मुख्य मन्त्री पोखरेलले कतिपयलाई सरकार फेर्न मन लागे पनि जनता राजनीतिक स्थायित्वको पक्षमा रहेको बताए ।

उनले यो बेला सरकार फेर्नु आवश्यक नभएको र जनताको चाहना पनि सोहीबमोजिम भएको बताए । उनले राजनीतिक स्थिरता र विकास अहिलेको आवश्यकता रहेको पनि बताए । जनता राजनीतिक स्थायित्व र विकासको पक्षमा रहेको भन्दै उनले सोहीअनुसार तीनवटै तहका सरकारले काम गरिरहेको स्मरण गराए ।

‘‘जति गर्नुपर्ने थियो त्यो अझै भइरहेको छैन तर तीन वर्षअघिको अवस्थाभन्दा अहिले देशको विकास धेरै माथि उठिसकेको छ,’’ उनले भने । उनले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर र संवेदनशिल रहेको भन्दै त्यही कामका कारण देशमा महामारीबाट धेरै नागरिको ज्यान जोगिएको दाबी गरे ।



SHARE THIS