दाङमा कोरोना संक्रमितको संख्या २ हजार ३०८ पुग्यो

दाङ, कार्तिक २० । दाङमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ३ सय ८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार २० हजार १ सय ३७ जनाको परिक्षण गर्दा २ हजार ३ सय ८ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये बुधबारसम्म १ हजार ८ सय २४जना भने कोरोना मुक्त भएका छन्।

अब जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७१ रहेको छ । जसमध्ये ५६ जना मात्र संस्थागत आइसोलेसनमा रहेको र अन्य ४ सय १५ जना भने होम आइसोलेनमा हरेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले बताउनुभयो । दाङमा १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।


SHARE THIS