व्यक्ति परिवर्तनले संकटको समाधान गर्दैन : कमल थापा


काठमाडौं, कार्तिक १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओलीको ठाउँमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कांग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट समाधान नगर्ने बताएका छन् । 

सामाजिक सन्जालमा उनले भनेका छन्, ‘‘परराष्ट्र नीति सञ्‍चालनमा असन्तुलन देखिएको छ, नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकारमाथि अर्को छिमेकी चीनको भरोसा पनि धर्मराएको छ, भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागबन्डा कायम गरेका छन् ।’’

समस्याको चक्रव्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र र अवधारणामा सुधार नगरेसम्म ’कस्मेटिक’परिवर्तनको कुनै अर्थ रहँदैन । नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचारगर्नु जरुरी भएको छ । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यता वारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रह गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्छ भन्ने अध्यक्ष थापाको भनाइ छ ।



SHARE THIS