चितवनमा क्यान्सरबाट कैदीको मृत्यु

चितवन, कार्तिक २८ । चितवनमा क्यान्सरबाट एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा खोप्लाङका ७३ वर्षीय पुरुष छन् । चितवन  कारागारका जेलर कमल काफ्लेका अनुसार २०७२ साल ६ महिना २८ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ परी कास्की कारागारमा कैद भुक्तान गरिरहेका उनी कात्तिक २७ गते चितवन कारागार आई क्यान्सरको उपचार गर्दै आएका थिए ।

स्वास्थ्यमा थप जटिल अवस्था आएपछि आज बिहान ६ बजे उनलाई भरतपुर अस्पताल लगिएकामा बिहान पौने ७ बजे मृत्यु भएको जेलर काफ्लेले जानकारी दिए ।


SHARE THIS