आज मंगलबार पुनः सुनचाँदीको भाउ बढ्यो, आजको मूल्य कति र ?

 

कमल ओली, दाङ, कार्तिक १८ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज मंगलबार पुनः बढेको छ ।

हिजो सोमबारको तुलनामा आज तोलामा चार सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायीले आज मंगलबारका लागि छापावाल सुन तोलाको ९५ हजार ४ सय तोकेको छ । हिजो तोलाको ९५ हजार रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै बढेर ९४ हजार ९ सय पुगेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको १२ सय १० पुगेको छ । 



SHARE THIS