ओलीको कटाक्ष– आजकल अलि बलियो भएको छु




काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजकल आफू बलियो भएर आएको बताएका छन् । 

नेता माधवकुमार नेपालसहित गएका नेताहरुसँगको कुराकानीमा उनले अन्तिममा अहिले केही समयदेखि आफू बलियो भएर आएको बताएका थिए ।

“आजकल के भएको हो कुन्नि बलियो भएर आएको छु । जुँगा पनि पहिला अलि सेता थिए अहिले काला भएर आएका छन्,” ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने । उनका अनुसार ओलीको संकेत पार्टी फुटे पनि पुरानै अवस्थामा फर्काउन सकिने देखिन्थ्यो ।


SHARE THIS