अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १० लाख नाघ्यो

काठमाडौं, मंसिर ४ । अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १० लाख नाघेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म अमेरिकामा १ करोड १० लाख ८५ हजार १८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ५१ हजार २६६ जना संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ४५ हजार १६४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७५३ संक्रमितको मृत्यु भएको छ । 

यसैबीच, कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ३३ हजार ७४२ पुगेको छ भने हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको तथ्यांकमा उल्लेख छ । 


SHARE THIS