सात प्रदेशका यी जिल्लामा निर्माण हुँदैछन् सरुवा रोग अस्पताल

काठमाडौँ, मंसिर १४ । सरकारले देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्न लागेको छ। सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सात प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि स्थानको पनि टुंगो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को मोरङ, प्रदेश २ को बारा, बागमती प्रदेशको भरतपुर चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदशेको चनौटा कपिलवस्तु, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदशेको डोटी मा शिलन्यास हुने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए।

सरकारले संक्रामण रोगको रोकथाम, उपचार र नियन्त्रणका लागि केन्द्रमा ३०० शय्या र रहेक प्रदेशमा ५० शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो।

त्यसैगरी, भोलि नै कोशी अस्पताल, भरतपुर अस्पताल नारायणी अस्पताल र पोखरा स्वास्थ्य विज्ञान अस्पतालमा आकस्मिक उपचार विभागको उद्घाटन हुने पनि सहप्रवक्ता अधिकारी जानकारी दिए।


SHARE THIS