बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गयो

बाग्लुङ, मंसिर ८ । बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ ।

बडीगाड गाउँपालिका ६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उहाँकी छोरीको ज्यान गएको बडीगाड गाउँपालिका ६ का वडाध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिनुभयो ।

दुर्घटनामा मनकुमारी रोकाया घाइते हुनुभएको छ ।


SHARE THIS