दार्चुलामा लाठी प्रहार गरी हत्या, एक पक्राउ


दार्चुला, कार्तिक १६ । दार्चुलामा लाठी प्रहार गरी एकजनाको हत्या भएको छ । लेकम गाउँपालिका ४ टक्ना बस्‍ने ४८ वर्षीय तेजबहादुर पालको लाठी प्रहार गरी हत्या भएको हो । हत्या आरोपमा सोही ठाउँका ३० वर्षीय रमेश पाललाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रिठाचौपाता र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


SHARE THIS