पद्मोदय द्धारा रिपुमर्दण गणका प्रमुख सेनानी थापालाई बिदाई र बस्नेतलाई स्वागत

कमल ओली

दाङ, कार्तिक २५ । पद्मोदय पब्लिक नमुना माध्यामीक विद्यालय भरतपुर दाङले आज एक कार्यक्रमका बिच रिपुमर्दण गणका प्रमुख सेनानी सुमन थापालाई बिदाई गरेको छ भने रिपुमर्दण गणका प्रमुख सेनानीका रुपमा सरुवा भई आउँनु भएका विजय वस्नेतलाई विद्यालयले स्वागत गरेको छ । प्रमुख सेनानी थापा यहाँ बाट हेडक्वाटर सरुवा हुनुभएको छ । 

प्रमुख सेनानी थापा दाङमा रहदा उहाँको नेतृत्वमा सञ्चालनमा आएको राष्ट्रिय सेवादल (एन.सी.सी) कार्यक्रममा वेष्ट अवाड पाउन समेत सफल भएको थियो । राष्ट्रिय सेवादल (एन.सी.सी)को कार्यक्रममा उहाको सहभागीता हुनुका साथै विद्यार्थी भाई वहिनीहरुलाई हौसला दिदै आउनु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक तथा कार्यक्रमका अध्यक्ष समेत रहनु भएका लोक बहादुर वस्नेतले थापाको चर्चागर्दै भन्नुभयो जुन किसीमको फिजिकलका साथै अन्य अनुसासित, खेलकुद, नाचगान लगायत धेरै कुराहरु यहाहरुले सिकाउनु भयो यस प्रति म लगायत यस विद्यालय परीवार यहाँहरुको सम्पुर्ण परीवार प्रती आभारी छौ । आगामी दिनहरुमा पनी यहाँहरुको सहयोग हुदै जावस कार्यक्रमका अध्यक्ष वस्नेतल भन्नुभयो । बिदाई भएर जानलाग्नु भएका रिपुमर्दण गणका प्रमुख सेनानी सुमन थापालाई मायाको चिनो र खादा लगाएर विदाई गर्नु भयो भने सोही गणमा सरुवा भई आउँनु भएका प्रमुख सेनानी विजय वस्नेतलाई खादा लगाएर स्वागत गर्नु भयो । 

विद्यालयका सहायक प्रधानाध्यापक लोक बहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिदाई भएर जान लाग्नु भएका थापाले बोल्ने क्रममा यस विद्यालयमा म भएको वेला नेपाली सेनाले गर्ने सहयोग जे जति गरेको छ भोलीका दिनहरुमा अझै राम्रो हुदै जावस भन्नु भयो । दाङको बसाई मेरो एकदमै सुखद भयो यो सुन्दर विद्यालय यो रमणीय जिल्ला दाङ बासीको अथक माया छोडेर जादा एकदमै दुखी छु उहाँले भन्नु भयो फेरी पनी यो जिल्लामा आउँने छु । भौतीक रुपले म टाढा भएता पनि म तपाईहरुको सम्झनामा रहीरहने छु । 


कार्यक्रममा सरुवा भई आउनु भएका प्रमुख सेनानी विजय वस्नेतले अबका दिनहरुमा मैले यस पिद्यालयका लागी जसरी हिजोका दिनहरुमा नेपाली सेनाले आफ्नो भुमीका  निर्वाह गर्दै आएको थियो त्यसै गरी अबका दिनहरुमा पनी सहयोग हुने बाचा गर्नू भएको छ । तपाईहरुले भन्नुहोस् नेपाली सेनाले गर्न सक्ने र गर्न मिल्ने सहयोग गर्ने छ तपाईहरु ढुक्क हुनुहोस् । विद्यालयका शिक्षक मोहन अधिकारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक निशान्त आचार्यले गर्नु भएको थियो ।




SHARE THIS