जीवन जिउने कला पाठ्यक्रममै समावेश गरिने

काठमाडौँ, कार्तिक २३ । पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमको रुपमा सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा नयाँ शैक्षिक सत्रमा कक्षा ११ र १२ मा पढाउँदैछ । 

जीवन जिउन चाहिने अनिवार्य १० कलाहरुबारे चर्चा गरिएको किताब विद्यार्थीलाई विद्यालयमा मात्र नभइ जीवनभरि नै उपयोगी हुने शिक्षाविद्हरु बताउँछन् ।  जीवन उपयोगी शिक्षाका सयौँ सीप छन् । तर रचनात्मक सोच, गहन सोच, समानुभूति, समस्या समाधान गर्न सक्ने, भावनात्मक बुद्धिमत्ता (इमोसनल इन्टेलिजेन्स), सञ्चार गर्न सक्ने सीप, नेतृत्व गर्न सक्ने, स्वचेतना, समय व्यवस्थापन र तनाव झेल्न सक्नेलाई १० वटा मूल सीपका रुपमा विश्वभरि नै मान्यता दिइएको छ ।

आफ्नो स्वास्थ्य ख्याल राख्ने, खाना पकाउनेदेखि रचनात्मक हुनसक्ने पनि जीवनमुखी सीप भएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ का संयोजक विमलकुमार फुयाँल बताउँछन् ।  भन्छन्, “हामीले सिकेको कुरा जीवन उन्नत र व्यवस्थापन गर्नका लागि हुनुपर्छ । जस्तो मुस्ताडका मान्छेलाई हिउँ हटाउन जान्ने सीप जीवनमुखी सीप हो ।”

२ वर्ष अगाडि फुँयालको संयोजकत्वमा जीवन उपयोगी शिक्षाको पाठ्यक्रम तयार भएको थियो । तर सामाजिक अध्ययन विषयलाई पनि गाभेर कक्षा ११ र १२ मा सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा विषय बनाइयो ।  त्यसो हुँदा धेरै कुरा छुटेको फुँयाल बताउँछन् । भन्छन्, “राष्ट्रियस्तरका धेरै विषय हटाइएका छन् । यो हटायो भनेर आपत्ति त होइन तर जीवनमुखी शिक्षालाई वकालत गरिहेकोले हुँदै नहुनु भन्दा यति भए पनि ठीक मान्नुपर्ने अवस्था छ ।”

विद्यालय शिक्षा बाल्यकाल र किशोरावस्थाका लागि मात्र नभइ व्यक्तिको समग्र जीवनकै लागि महत्वपूर्ण हुन्छ ।  त्यस कारणले शिक्षाविद्हरु जीवनमुखी शिक्षाको लागि वर्षौँदेखि पहल गरिरहेका थिए ।  उनीहरुका अनुसार किताबका कुरा र जीवन भिन्न छैनन् । 

युनिसेफले सन् २०१५ मा ५० भन्दा बढी देशमा अध्ययन गरेर जीवन उपयोगी शिक्षाको महत्वबारे बुझाउन रिपोर्ट नै तयार पारेको थियो । संसारभरि पढाइ भइरहेको जीवनमुखी शिक्षालाई डब्लुएचओले स्वास्थ्यको ख्याल राख्नको लागि र युनिसेफले बालबालिकाको दृष्टिकोणबाट शिक्षा दिनुपर्ने मत राख्दै आएको छ । 

जसमा १० वटा मूल सीपलाई महत्व दिइएको छ । यी सीपहरु सिक्न सकिने विज्ञहरु बताउँछन् । प्रि प्राइमरी कक्षादेखि नै १० वटा मूल सीपका केही सीपहरु सिकाउँदै लैजानु राम्रो हुने शिक्षाविद् फुँयाल बताउँछन् ।  उनका अनुसार सीप भन्ने बित्तिकै त्यसमा ज्ञान जोडिएको हुन्छ । ज्ञान छ भन्दैमा त्यसलाई प्रयोग गर्ने सीप नजानेको पनि हुन सक्छ । जस्तो हरेक दिन दाँत सफा राख्नुपर्छ भन्ने ज्ञान हो भने ब्रस कसरी चलाउनुपर्छ भन्ने चाहिँ सीप हो । 

नेतादेखि व्यापारीसम्म बच्चादेखि वृद्ध मान्छेसम्म सबैलाई यी १० वटा मूल सीप चाहिने उनको तर्क छ ।  नेपालको परिस्थितिमा शिक्षाको कुरा गर्दा कृषिप्रधान देश भएता पनि पढेलेखेका मानिस कृषिमा भविष्य खोज्दैनन् ।  हरबखत इन्टरनेटको पहुँचमा रहन चाहने युवा कोरियामा कामको लागि आवेदन दिँदा रातिदेखि दिनभर लाइनमा बसेर फारम बुझाउँछन् । 

तर कोरिया जाने फारम अनलाइनमा छ, घरै बसेर काम हुन्छ भन्ने सामान्य जानकारी नराख्ने दृष्टान्त हामीसँग छन् । 

पढाइलाई सीपसँग जोड्न एउटा पुस्तक मात्र राखेर नहुने तर्क राख्छन् शिक्षाविद् विद्यानाथ कोइराला । उनी भन्छन्, “त्यसोभए विद्यालयमा पढाएका अन्य विषय जीवनमा काम लाग्दैन भने किन पढाउने रु जीवन उपयोगी शिक्षा भनेर नाममा विषय छुट्याउनुभन्दा बरु सबै विषयलाई जीवनमुखी बनाउन सकेको भए फलदायी हुन्थ्यो ।”

जीवन उपयोगी शिक्षा कक्षा ११ र १२ मा पढ्ने विषयमा मात्र सीमित नहोस् भन्ने चाहन्छन् अनुसन्धानकर्ता समेत रहेका फुँयाल पनि । दक्षिण अफ्रिकाको उदाहरण दिँदै उनले भने कक्षा ११ र १२ मा जीवनमुखी शिक्षा अनिवार्य विषयका रुपमा राखेको थियो । 

विश्वव्यापी सीपको रुपमा १० वटा मूल सीप, राष्ट्रिय विषय र स्थानीय विषय राखिएको थियो । 

अफ्रिका र दक्षिण अफ्रिकामा एचआईभी एड्सको महामारी भएकाले त्यसको जानकारी मात्र नदिइ कुन पेशाका मानिसको एचआईभी एड्स नियन्त्रण गर्न के भूमिका हुन्छ त्यो पनि पाठ्यक्रममा राखिएको थियो । विद्यार्थीले यसमा प्रोजेक्ट वर्क गर्थे । जीवनमुखी विषयमा सिद्धान्त घोकाउने भन्दा पनि प्रयोगात्मक अभ्यास बढी हुन्छ । 

यस्तै, त्यहाँ भर्खरै संविधान बनेकोले विद्यार्थीले अधिकार र कर्तव्य बारेमा पूर्ण जानकारी होस् र चाहेको बेलामा प्रयोग गर्न सकुन् भनेर पढाइएको थियो । साथै, स्थानीय स्तरमा सिकाइने सीप पनि क्षेत्रअनुसार राखेर पढाइएको थियो । 

हरेक देशले देशको आवश्यकता र अभ्यासअनुसार जीवनमुखी पाठ्यक्रम राख्न सक्छ ।  नेपालको सन्दर्भमा सातै प्रदेशको संरचना, भर्खरै बनेका संविधानको बारेमा उल्लेख गर्न सकिन्थ्यो ।  र विद्यार्थीलाई क्यानडामा जस्तो आफ्नो समुदायको बारेमा अध्ययन गर्न लगाएर प्रोजेक्ट तयार पार्न लगाउन सकिने धारणा फुँयालको छ । 

कोभिड १९ ले शैक्षिक सत्र वैकल्पिक माध्यमबाटै पढाउने पर्ने अवस्था छ । यस्तोमा नयाँ पाठ्यक्रमलाई चुनौती र अवसर दुवैको रुपमा लिनुपर्ने उनी बताउँछन् । भन्छन्,“हामीसँग सामान छैन । यो या त्यो बहाना गर्नुभन्दा स्थानीय तहमा उपलब्ध भएकै कुरामा आधारित भएर यो विषय पढाउन 


SHARE THIS