२९०९ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं, कार्तिक २१ । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ । 

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ । 

पछिल्लो २४ घण्टामा चार हजार ५०० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५२ हजार ९०८ जना डिस्चार्ज भएका छन् । 

आजसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार २५४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । 


SHARE THIS