तिहारको आगमनसँगै दाङ सुरु भयो झिलिमिली

कमल ओली, 

दाङ, कार्तिक २६ । तिहारको आगमनसँगै दाङ उपत्यका झिलिमिली बनेको छ । अघिल्ला वर्षहरुमा जस्तो नभए पनि घोराही, तुलसीपुर, नारायणपुर, लमही, भालुबाङ बजार लगायतका क्षेत्रमा झिलिमिली देखिएको हो । 

उसो त यो वर्ष तिहारमा झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरुले गरेका छन् । बजारमा विगतजस्तो तामझाम नदेखिए पनि अलिअलि झिलिमिली भने बनाइएको छ ।


तिहार भन्नेबित्तिकै सम्झना आउने भनेको झिलिमिलीको हो । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि यसका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यसपटक कोरोना कहरले सर्वसाधारणमा पनि पहिलेका वर्षहरुमा झैं उत्साह भने देखिँदैन ।

माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुनेगरेकामा अहिले भने विद्युतीय बत्तीमा आकर्षण बढेको छ । देशमा लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिस आकर्षित भएका हुन् ।






SHARE THIS