अस्पतालबाट फर्केर घर गएका संक्रमितको मृत्यु

चितवन, कार्तिक २६ । अस्पतालबाट फर्केर घर गएका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, चितवनका अधिकृत गीताञ्जली ढकालका अनुसार रत्ननगर नगरपालिका १२, जिरौनाका ६८ वर्षीय वद्धको मृत्यु भएको हो ।  

मिर्गौला र रक्तचापको बिरामी भई पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेस) मा कार्तिक १४ भर्ना भएका थिए । १५ गते कोरोना पुष्टि भएका उनको उपचार हुँदै आएकामा स्वास्थ्य सुधार नआएपछि घर फिर्ता लगिएको थियो ।

उनको बुधबार राति ९ बजे घरमै मृत्यु भएको स्वास्थ्य अधिकृत ढकालले जानकारी दिइन् ।



SHARE THIS