प्रचण्डसँग ओली आक्रोसित, आफू नै कार्यकारी रहेको स्पष्टोक्ति

काठमाडौं, कात्तिक २२ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आक्रोसित बनेका छन्।

शनिबार प्रचण्डसहित सचिवालयका ५ सदस्यसँग भएको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई विभाजनकारीको आरोप समेत लगाए।

धुम्बाराहीमा भेला भएर प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई गुटबन्दी गरेको आरोप लगाएको प्रधानमन्त्री निकट स्रोतले बतायो। 

तपाईं कार्यकारी अध्यक्ष भन्नुहुन्छ। दुई अध्यक्ष बसेको ठाउँमा हुँदै नभएका कुरालाई भए भनेर ल्याउनुहुन्छ तपाईंको यो के तरिका होरु यो फाटोबादी विभाजनकारी तरिकाले कसरी हुन्छरु भनेर प्रधानमन्त्रीले भन्नुभयो, स्रोतले भन्यो, प्रधानमन्त्रीको जवाफमा प्रचण्डले तपाईंले मसँग पार्टी फुटाउँछु भनेर भन्नुभएको हो। तपाईंले स्थायी कमिटीको निर्णय पनि मान्नुभएन। एकलौटी ढंगले चल्न खोज्नुभयो भनेर भन्नुभयो।

यद्यपि बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्रीले आफू नै कार्यकारी अध्यक्ष भएको बताएका थिए।

म पनि कार्यकारी हो भनेर भनेकै हो। अहिले पनि मै नै कार्यकारी हो।

बालुवाटार आएका सचिवालय सदस्यले बैठक माग गर्ने तरिका गलत भएको प्रधानमन्त्री ओलीले बताएका थिए।


SHARE THIS