रिपब्लिकन नेताले भने : सत्ताको हस्तान्तरण शान्तिपूर्ण ढंगले हुनेछ

वाशिङ्टन । अमेरिकाको सत्तारुढ रिपब्लिकन पार्टीका शीर्ष नेता मध्येका एक मिच म्याकोनलले डेमोक्रेटिक पार्टीले राष्ट्रपति निर्वाचन जिते सत्ताको हस्तान्तरण शान्तिपूर्ण ढंगले हुने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै सर्वोच्च अदालत जाने चेतावनी दिइरहेका बेला केन्टकीका सिनेटरसमेत रहेका म्याकोनलले जो बाइडेन चुनाव जिते सत्ताको हस्तान्तरण अत्यन्तै शान्तिपूर्ण ढंगबाट हुने बताएका हुन् ।

“हरेक चार वर्षमा नयाँ प्रशासनका लागि जनताले मतदान गर्दछन् भने सिट छाड्न वा हस्तान्तरणमा के आपत्ति रु,” प्रश्न गर्दै उनले भनेका छन् ।  

यद्यपि, नोभेम्बर ३ बाटनै राष्ट्रपति ट्रम्प डेमोक्रेट नेताहरुमाथि चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् ।

यद्यपि, उनीसँग धाँधली प्रमाणित गर्ने कुनै प्रमाण भने देखिएको छैन । ( बीबीसी

 


SHARE THIS