राप्ती गाउँपालिकामा मंसिर ६ गतेसम्म विद्यालय बन्द हुने

दाङ, कार्तिक २६ । दाङको राप्ती गाउँपालिकामा मंसिर ६ गतेसम्म विद्यालय बन्द हुने भएको छ । गाउँपालिकामा समुदायस्तरमाकोरोना भाइरसको संक्रमण देखिएको र तिहार, छठ पर्वको अवसर पारेर मंसिर ६ गतेसम्म विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

आज बसेको गाउँपालिका अन्तरगत सामाजिक विकास समितिको बैठकले २७ गते भोलीदेखि मंसिर ६ गते शनिवारसम्म गाउँपालिका अन्तरगत संस्थगत तथा सामुदायिक  विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै कोरोना जोखिम बढेको भन्दै बंगलाचुली गाउँपालिकाले पनि अनिश्चितकालका लागि विद्यालय बन्द गरिसकेको छ । तुलसीपुर उपमहानगरपालिकाका केही वडाले समेत समुदायमा कोरोना जोखिम देखिएपछि विद्यालय बन्द भएका छन् ।


SHARE THIS