जर्जियामा पनि बाइडेनको अग्रता

वाशिङ्टन, कार्तिक २२ । अमेरिकाको राष्ट्रपति निर्वाचनको पाँच दिनसम्म पनि मतगणनाको अन्तिम नतिजा आउन सकेको छैन । हालसम्मको नतिजा अनुसार डेमोक्रेटिक उमेदवार जो बाइडेन जित नजिक पुगेका छन् भने सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पको सम्भावना खुम्चिँदै गएको छ । 

बाइडेनले ब्याटलग्राउन्ड स्टेट जर्जियामा अग्रता लिएका छन् । उनले यस राज्यमा सात हजार मतभन्दा बढी मतले अग्रता लिएको बीबीसीले जनाएका छन् । जर्जियामा ९९ प्रतिशत मत गणना सकिएको छ । 

रिपब्लिकनको पकड भएको राज्य जर्जियामा १६ इलेक्टोरल कलेज मत रहेको छ । जर्जियामा सन् १९९२ मा डेमोक्रेटिक उमेदवार राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

हालसम्म डेमोक्रेटिक उमेदवार बाइडेनले २५३ इलेक्टोरल कलेज मत ल्याएका छन् भने रिपब्लिकन उमेदवार २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् । 

त्यसैगरी निर्णायक राज्य पेन्सलभानियामा पनि बाइडेनको अग्रता कायमै रहेको छ । ( बीबीसी

 


SHARE THIS