सल्यानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

सरिता चलाउने, सल्यान, कार्तिक २० ।  सल्यानमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई प्रहरीले प्रक्राउ गरेको छ ।

जिल्लाको कपुरकोट गाउँपालिका ५ पाङराङ बस्ने ५४ वर्षको रामे कामीलाई हत्या गरेको आरोपमा श्रीमती ४३ वर्षीया ईश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो । 

बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिचि पिर्का ९चौकी०ले टाउकोमा प्रहार गरी हत्या गरेको मृत्तकका बुवाले प्रहरीलाई जानकारी दिएका छन् । कुनै सन्तान नभएको र जग्ग्गा बेचेर पसल गर्ने विषयमा झगडा हुने गरेको मृत्तका बुवा पर्से कामीले किटानी जाहेरीमा उल्लेख गरेका छन् । 

हत्या गरेको आरोपमा श्रीमती कामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले बताए । 


SHARE THIS