विद्युतीय गाडीमा लगाइएको कर हटाउन राप्रपा अध्यक्ष थापाको माग

काठमाडौं, कार्तिक २५ । राप्रपा अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुस्तकमा लगाइएको कर हटाएकामा धन्यवाद दिँदै विद्युतीय गाडीमा लगाइएको कर पनि हटाउन मागसमेत गरेका छन् । 

अध्यक्ष थापाले ट्‌विटमार्फत सरकारलाई धन्यवाद दिँदै अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तीमा पुरानै अवस्थामा फर्काउन ध्यानाकर्षण गराए । उनले लेखेका छन्, ‘‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठीक थिएन । ढिलै भए पनि पुस्तकमा लाग्दै आएको कर हटाएकामा सरकारलाई धन्यवाद । अब विद्युत्‌बाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु ।’’

प्रधानमन्त्ती केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गर्दै विद्युतीय गाडीको विषयमा सम्झाएका हुन् । अध्यक्ष थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६औं जन्मजयन्तीको अवसरमा सबैमा हार्दिक शुभकामनासमेत व्यक्त गरेका छन् ।


SHARE THIS