गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

  नवलपरासी(पूर्व), कार्तिक १६ । नवलपरासी(पूर्व)मा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

देवचुली नगरपालिका १७ कुलेनी बस्ने ६५ वर्षीय जंगिलाल मुखियाको गैंडाको आक्रमणबाट मृत्यु भएको हो ।

आफ्नै खेतमा तोरी छर्न जाने क्रममा बाटोमा अचानक गैंडाले आक्रमण गर्दा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । 


SHARE THIS