भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक

काठमाडौं, मंसिर ४ । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भातमा कोरोना संक्रमितको संख्या ८९ लाख १२ हजार ९०७ पुगेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६१७ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा ४७४ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ९९३ पुगेको छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

यसैबीच, कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको कुल संख्या १३ लाख ३३ हजार ७४२ पुगेको छ भने हालसम्म  कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको तथ्यांकमा उल्लेख छ । 


SHARE THIS