विराटनगरको न्युरो अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु


विराटनगर, कार्तीक १८ । विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड १९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए ।

विराटनगर ११ का ४९ वर्षीय पुरुष र धरान १५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो ।

२७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

१४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।


SHARE THIS