दाङको लमही भालुवाङ सडक खण्ड स्थानीयद्वारा अबरूद्ध

सन्तोषकुमार गुप्ता, भालुवाङ, कार्तिक २६ । देउखुरीको लमही भालुवाङ सडक खण्डको मौरीघाटमा स्थानीयद्वारा सडक अबरूद्ध भएको छ । गएराती मौैैरीघाटमा मोटरसाइकल र ट्रक एक आपसमा  ठोकिदा तीन जना युवाहरूको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनास्थलमा पल्टिरहेको ट्रक प्रहरीले जबरजस्ती उठाउन खोजेपछि पिडितहरूले नाराबाजी गर्दै सडकमा ढुंगा राखेर सडक अबरूद्ध गरेका हुन् । प्रहरीले पिडितहरूको सहमित बिना गएराती शब उठाएको भन्दै पिडितहरूले बिहान करिब १० बजेदेखि सडक अबरूद्ध गरेका छन् ।


पिडितलाई क्षतिपुर्ति दिलाउन आवश्यक कतैबाट पहल हुन सकेको छैन । घटनास्थलमा स्थानीय वडाध्यक्ष बाहेक गाउँपालिका अध्यक्षको समेत उपस्थिती रहेको छैन । बाटो खुलाउने र पिडितलाई न्याय दिलाउने बिषयमा ठोस पहल नहुँदा बाटो बन्द भएको दुई घण्टा बित्न लाग्दा समेत अहिले सम्म सडक सुचारू हुन सकेको छैन ।

ट्रक समिती र ट्रक धनि सम्पर्कमा नआउँदा अहिले सम्म पिडित पक्ष संग अहिले सम्म छलफल हुन सकेको छैन ।  

यता दुर्घटना पछि गएराती नै ट्रकका चालक फरार भएका थिए । आज बिहानै मात्र ट्रक चालक कपिलबस्तुको गोरूसिङ्गेबाट प्रकाउ परेपछि ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ ल्याउने तयारी भएको ईप्रका भालुवाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

ट्रक चालक भालुवाङ प्रहरीको सम्पर्कमा आएपछि  चालकको प्रारम्भिक बयानबाट मात्र घटना कसरी भएको भन्ने बिषयमा बिस्तृत जानकारी प्राप्त हुने प्रहरी प्रमुख भट्टले देउखुरी टुडेलाई भने ।

पूर्व पश्चिम सडक अबरूद्ध हुँदा सयौ गाडीहरू र यात्रुहर बीच बाटोमै अलपत्र परेका छन् । 



SHARE THIS