केपी ओलीलाई अब हटाउनैपर्छ : बाबुराम भट्टराई

काठमाडौं, मंसिर ३ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई आफ्नै पार्टीले यति धेरै आरोप लगाइसकेपछि पदबाट हटाउनैपर्ने बताएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।उनले लेखेका छन्, “नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य–जनताका मुद्दा प्रतिपक्षी दल–जनताले उठाउनैपर्छ हैः 

१. राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । 

२. ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।”


SHARE THIS