दाङमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु


दाङ, कार्तिक १७ । कोरोना भाइरसको संक्रमणबाट दाङमा एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ४८ वर्षका एक पुरुषको गएराती नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै तुलसीपुरमा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको तुलसीपुरका कोरोना फोकल पर्सन विमले केसीले जानकारी दिनुभयो । दाङमा भने यससँगै मृत्यु हुनेको संख्या ११ पुगेको छ ।


SHARE THIS