पद्मोदय पब्लिक नमुना मा विमा स्वास्थ्य सतर्कता र सुरक्षा अपनाएर भौतिक रुपमै कक्षा सञ्चालन सुरु

कमल ओली, दाङ, मंसिर ११ । दाङको घोराही उपमहानगर पालीका वडा न. १५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना मा वि ले स्वास्थ्य सतर्कता र सुरक्षा अपनाएर भौतिक रुपमै कक्षा सञ्चालन सुरु गरेको छ । 

कोरोना महामारीका कारण गएको चैत्र देखि बन्द रहेको विद्यालय विस्तारै सुरक्षा सतर्कता अपनाएर खुल्न थालेको हो । कोरोनाले गर्दा विद्यालयहरु बन्द भएपछि अनलाइन कक्षा सुरु भएको थियो । दाङको घोराही उपमहानगर पालीका वडा न. १५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना मा विमा विधार्थीहरु विद्यालयमै आएर पढिरहेका छन् ।

सरकारी विद्यालय भएका कारण सबै अभिभावक अनलाइनको पहुचमा नभएकोले अनलाइन कक्षा सञ्चालन संगै विद्यार्थीका लागि स्कुलमा सुरक्षा सकर्तकता अपनाएर पढाउन थालिएको विद्यालयका सहायक प्र अ लोक वहादुर वस्नेतले जानकारी दिएका छन् ।




SHARE THIS