कांग्रेस सांसद केसीको निधन


पोखरा, कार्तिक १८ । प्रतिनिधिसभाका सांसद तथा नेपाली काङ्ग्रेसका आमन्‍त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको गएराति घरमै निधन भएको छ ।

उनमा सुगर र प्रेसर रोगको समस्या थियो । केसीको ६३ वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।

राप्रपाका पूर्वकोषाध्यक्षसमेत रहेका उनी तीन वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्‍चसमेत हुन् ।

उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाइड्रोलगायत विभिन्‍न व्यवसायमा उनी सफल थिए ।


SHARE THIS