शान्ति भड्काउने अभिव्यक्ति दिएको भन्दै पुण्य गौतम पक्राउ

 

काठमाडौं, कार्तिक १९ । शान्ति भड्काउने अभिव्यक्ति दिएको भन्दै पुण्य गौतम पक्राउ परेका छन् । उनलाई मंगलबार राति नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै राससले जनाएको छ । गौतम विभिन्न युट्युव च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नवीन अर्यालले जानकारी दिए ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको विषयमा शान्ति भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै गौतमलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्‍गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो ।

विभिन्‍न यु–ट्युव च्यानलमार्फत उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ । गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।  

उनलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिने भएको छ ।


SHARE THIS