घोराहीबाट ३ लाख बढी रकमसहित ५ जना जुवाडे पक्राउ


दाङ, कार्तिक १६ । दाङको घोराहीबाट प्रहरीले ३ लाख बढी रकम सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर स्थित बसन्ता रावतको घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले ३ लाख २३ हजार ६० रुपैया नगद सहित उनीरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा घोराही– १० का २६ वर्षका अनिल कुमार थापा, कमल रावत, २५ वर्षका केशब डाँगी, घोराही– १५ का २७ वर्षका बसन्त भण्डारी र ३६ वर्षका धर्म ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो । पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही हुने उहाँले बताउनुभयो ।


SHARE THIS