नेम्वाङसँग प्रचण्डले भने धुम्बाराहीमा सचिवालयका नेतालाई भेटेर ओलीसँग छलफल गर्न आउँछु

 

काठमाडौं, कार्तिक २१ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सचिवालयका नेताहरूसँग पार्टी कार्यालयमा छलफल गर्ने भएका छन् ।

पार्टीभित्रको पछिल्लो संकट निवारणका सन्दर्भमा गाँठो फुकाउने उपायको खोजीका लागि प्र्रचण्डले अरू नेतासँग छलफल गर्न लागेको हुन् । यस कुराको जानकारी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले  दिएका हुन् ।

शुक्रबार प्रचण्डको बोलावटमा उपनेता नेम्वाङ खुमलटार पुगेका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले छिट्टै प्रधानमन्त्री ओलीसँग छलफल गरेर निकास दिने बताएको नेम्वाङको जिकिर छ ।

“हिजो प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि बालुवाटार नै फर्कन्न भनेको चर्चा चल्यो भनेर मैले अध्यक्षलाई सोधेँ,” नेम्वाङले भने, “उहाँले यथार्थ त्यस्तो नभएको भन्दै हास्नु पनि भयो ।”

जवाफमा अध्यक्ष प्रचण्डले शुक्रबार सचिवालयका नेताहरूसँग छलफल गर्ने र त्यसको निष्कर्ष बोकेर बालुवाटार आउने बताएको नेम्वाङको भनाइ थियो । सचिवालयका अरू नेताहरूले पार्टी कमिटीको बैठकको माग गरिरहेका छन् । पार्टीको पहिलो वरीयताका अध्यक्ष ओलीको त्यसमा कुनै रुचि छैन । उनले प्रचण्डसँग ‘तपाईं र मेरो बीचमा समझदारी होस् न, के कार्यसूचीमा छलफल गर्ने भन्ने त तय हुनुप¥यो नि भन्दै बैठकप्रति अरुचि देखाउँदै आएका छन् ।

“सचिवालयका अरू नेतासँग भेटघाट, अनौपचारिक कुरा गर्छु, धुम्बाराहीमै,” प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, “ब्रिफिङमा तपाईंसँग भएको कुराकानी पनि जानकारी गराउँछु । त्यसपछि शुक्रबार अथवा शनिबार बालुवाटार आउँछु भनेको थिएँ । केके चर्चा भए ।”

छलफलका क्रममा नेम्वाङले सयम लिएर भए पनि दुईजना अध्यक्षले यो गतिरोधको निकास दिन आग्रह गरेको बताए । “तपाईं दुईजना अध्यक्षले पार्टीलाई विवादबाट सहमतिमा लैजानुभयो । हिजो तपाईंहरूकै सहमतिका आधारमा सचिवालयले कार्यदल बनायो । प्रतिवेदन आयो । पुनः सचिवालयले त्यसलाई अनुमोदन ग¥यो । स्थायी कमिटीले पारित ग¥यो । त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुप¥यो भनेर आग्रह गरेँ,” उनले भने ।

जवाफमा प्रचण्डले अवस्था चुनौतीपूर्ण देखिएको र आफूले सकारात्मक पहल गरेको बताएको नेम्वाङको भनाइ छ ।

नेम्वाङले पार्टीभित्र कुनै पनि प्रकारका गुटबन्दी, समूहबन्दी हुन नहुने कुरा राखेको पनि बताए । गुटबन्दी एकताविरोधी चिन्तन रहेकाले यसबाट मुक्त गर्न सकेन पार्टी एकता बलियो हुने धारणा राखेको नेम्वाङको भनाइ थियो ।

त्यसका पनि प्रचण्डले सकारात्मक देखिएको निष्कर्ष छ ।


SHARE THIS