ओली–दाहाल मिलाउन दोस्रो तहका नेताको दौडधुप, दाहाललाई भेट्न नेम्वाङ खुमलटार जाँदै

 

काठमाडौं, कार्तिक २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा_का अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच देखिएको विवादको निकासको प्रयास दोस्रो तहका नेताहरुले गर्दैछन् । अध्यक्ष दाहालसँग कुराकानी गर्नका लागि नेकपा नेता सुवास नेम्वाङ अहिले खुमलटार जाँदैछन् । दुई अध्यक्षबीच देखिएको विवादबाट निकास दिनका लागि प्रयास थालिएको नेताहरुले बताएका छन् ।

नेम्वाङले आफू अहिले खुमलटार जान लागेको जानकारी गराउँदै दुई अध्यक्षबीच सहमतिको विकल्प नरहेको बताए ।


SHARE THIS