ट्रकको ठक्करबाट दाङमा मोटर साइकलमा सवार तीन जनाको घटना स्थलमै मृत्यु

दाङ, कार्तिक २५ । दाङमा ट्रकले ठक्कर दिदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । देउखुरी स्थित राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक तीन जनाको परिचय भने खुल्न सकेको छैन। शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ट्रकको ठक्करबाट मृतक तीन जनाको टाउको बिचबाट चिरापरेको र खुट्टा चुडिएको जनाइएको छ । घरटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


SHARE THIS