खैरो हिरोइनसहित एक पक्राउ


कञ्‍चनपुर, कार्तिक १८ । लागुऔषध खैरो हिरोइनसहित बेलौरी नगरपालिका ६ का ३२ वर्षीय दिनेश बोटलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपाल भित्र्याउँदै गरेको ५० ग्राम खैरो हिरोइनसहित बोटलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए । पक्राउ गरिएका बोटलाई हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

यसैबीच प्रहरीले भारतबाट अवैधरूपमा भित्र्याइएको रु एक लाख ७९ हजार १७५ मूल्य बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । प्रहरीले बेलौरी नगरपालिका ८, पचुँइबाट युरिया मल ४२ बोरा, सुपर मल ११ बोरा र डीएपीमल ७९ बोरा प्रहरीले बरामद गरेको छ ।

ती सामानको मूल्य एक लाख ४४ हजार ६०५ रुपैयाँ रहेको छ । सुर्ती, बिँडी, पापड गरी ३४ हजार रुपैयाँको सामानसमेत प्रहरीले बरामद गरी भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको जनाएको छ ।  



SHARE THIS