हराइरहेका दाजुभाइ मृत भेटिए

कावासोती, कार्तिक २० । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट नगरपालिका २ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्‍गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख (प्रहरी उपरीक्षक) प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए ।

दुवैजनाको शव बुधबार साँझ करिब ७ बजेको समयमा गैंडाकोट ३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एकजनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । 

दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी 


SHARE THIS