आईपीएल फाइनल : दिल्लीलाई इतिहास रच्‍ने मौका


काठमाडौं, कार्तिक २५ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्‌वान्टी क्रिकेटको फाइनल आज (मंगलबार) हुँदै छ । आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७स्४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली पहिलोपटक आईपीएलको उपाधि उचाल्ने योजनामा हुनेछन् ।

पहिलोपटक आईपीएलको फाइनलमा प्रवेश गरेको दिल्ली आजको खेलमा जित निकाल्दै उपाधि जित्‍ने योजनामा छ । 

यता साबिकको विजेता टोली मुम्बई यो सिजन पनि उपाधि जित्‍ने योजनामा छ । मुम्बईले उपाधि जित्न सके लगातार दुई सिजन उपाधि हात पार्नेछ । मुम्बई रोहितको कप्तानीमा मैदानमा उत्रनेछ । यता दिल्ली श्रेयश अय्यरको कप्तानीमा छ । 


SHARE THIS