२४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार २३० पुग्यो

काठमाडौं, मंसिर १ । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ९ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ । 

सोही अवधीमा १ हजार १९७ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ९३४ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ । 

हालसम्म संक्रमित मध्ये १ लाख ७६ हजार ३६४ निको भइसकेका मन्त्रालयले जनाएको छ ।  

 


SHARE THIS