घोराहीबाट ४ हजार लिटर भन्दा बढी मदिरा बरामद

सांकेतिक तस्बिर

दाङ, कार्तिक १६। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीबाट अवैध घरेलु मदिरा बरामद भएको छ । अबैध घरेलु मदिरा (रक्सी) उत्पादन तथा बिक्रि बितरण भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरी टोलीले आज विभिन्न घरबाट मदिरा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार फुर्सेखालीको विभिन्न घरबाट तयारी अवस्थामा रहेको अवैध घरेलु मदिरा रक्सी ४० लिटर, अबैध घरेलु मदिरा जाड, १ सय ४२ ड्रम करिब ४ हजार ५० लिटर, अबैध घरेलु मदिरा (रक्सी) बनाउन प्रयोग हुने औषधी ५ बोरा र अबैध घरेलु मदिरा निर्माण गर्न प्रयोग गरिने भाडा ८ सेट बरामद भएको छ । घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण गैह्र कानुनि भएकाले यस्ता प्रकारका कार्यहरु नगर्नर नगराउन हुन खड्काले अनुरोध गर्नुभएको छ ।


SHARE THIS